राष्ट्रिय सभा निर्वाचन : सुदूरपश्चिम प्रदेशमा तीन पदका लागि मतदान सुरु
धनगढी । राष्ट्रिय सभा सदस्य निर्वाचन अन्तर्गत सुदूरपश्चिम प्रदेशमा तीन पदका लागि मतदान सुरु भएको छ । सुदूरपश्चिम प्रदेश सभा परिसरमा रहेका मतदान केन्द्रमा मतदान भइरहेको छ ।

मतदानका लागि प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख उपप्रमुख, अध्यक्ष, उपाध्यक्षका लागि अलग अलग मतदान केन्द्रको व्यवस्था गरिएको छ । बिहान ९ बजे देखि सुरु भएको मतदान दिउसो ३ बजे सम्म रहने सहायक निर्वाचन अधिकृत प्रेमराज भट्टले बताउनु भयो । सुदूरपश्चिम प्रदेशमा अपाङगता, अन्य र महिला गरी तीन पदका लागि निर्वाचन भइरहेको छ ।

यहाँ नेकपा एमालेका तिन, नेपाली काँग्रेसका २ र नेकपा माओवादी केन्द्रका १ गरी ६ जना चुनावी मैदानमा रहेका छन् । सुदूरपश्चिम प्रदेशमा प्रदेश सभा सदस्य ५२ र स्थानीय तहका १७६ गरी २२८ जना मतदाता रहेका छन् । यहाँ कुल मतभार ६१ सय रहेको छ ।









प्रतिक्रिया राख्नुहोस्