तपाईँ सुन्दै हुनुहुन्छः

अत्यधिक गर्मी बढेपछि धनगढीका विद्यालयमा चार दिन बिदा

धनगढी। अत्यधिक गर्मी बढेपछि धनगढी उपमहानगरपालिकाले नगर क्षेत्रका सम्पूर्ण विद्यालयमा चार दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

उपमहानगरपालिकाले आज एक सूचना जारी गर्दै अत्यधिक गर्मी र ‘लू’ (तातो हावा) का कारण विद्यार्थीहरूको स्वास्थ्यमा समस्या देखिन थालेकाले विद्यालय बन्द गर्ने निर्णय गरिएको जनाएको हो।

उपमहानगरको निर्णय पछि गर्मीका कारण असार ९ गते देखि १२ गते सम्म सामुदायिक तथा संस्थागत विद्यालयमा पठनपाठन बन्द हुने छ। साथै गर्मी तथा तातो हावा ‘लु’ बाट बच्न स्वास्थ्य सावधानीका उपाय अपनाउन अभिभावक तथा विद्यार्थीलाई धनगढी उपमहानगरपालिकाले आग्रह समेत गरेको छ । कैलालीका निरन्तर गर्मी बढ्दै गएको छ । अत्यधिक गर्मीका कारण जनजीवन प्रभावित बनेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button