तपाईँ सुन्दै हुनुहुन्छः

वटेश्वरमा सम्पन्न आँप महोत्सवमा ५० लाखको कारोबार

जनकपुरधाम । धनुषाको वटेश्वर गाउँपालिकाको वडा नंं १ चित्रपुरमा सम्पन्न भएको तीन दिने आँप महोत्सवमा ५० लाखको कारोबार भएको मेला आयोजकले जनाएको छ ।

वटेश्वर गाउँपालिका, राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना तथा चित्रपुर म्याङ्गो एग्रो टुरिज्म ईनिसिएटिभ संस्थाको संयुक्त आयोजनामा भएको आँप महोत्सवमा ५० लाखको कारोबार भएको मेला आयोजक मध्येका एक दिपेन्द्र सिंहले जानकारी दिनुभयो ।

मेलामा फलको राजा मानिने रसिलो तथा गुलियो आँपका विभिन्न जाँत तथा त्यसका परिकारका बिक्री कक्षहरू रहेका थिए । विगत केही वर्षदेखि चित्रपुरमा आँप महोत्सवको आयोजना हुँदै आएको छ । आँप मेलाको आकर्षकका रुपमा मालदह, मुम्बई, जर्दालु, दशहरी, गुलाब खास, आम्रपाली, आम्रमल्लिका जाँतको कारोबार बढी मात्रामा भएको स्थानीय व्यापारीहरूले जनाउनुभयो । 

प्रतिकिलो आँप ३० देखि ६० रुपैयाँमा बिक्री भएका थिए । मेलामा पाकेको आँपसहित काँचो आँप, आँपका अन्य परिकारहरू बिक्री भएका थिए । यसका साथै आँपका अचारका पनि स्टल रहेका थिए । स्थानीय संस्कृतिलाई प्रवर्द्धन गर्ने उद्देश्यले विभिन्न प्रकारका सांस्कृतिक कार्यक्रम पनि आयोजना गरिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button