बैतडीमा जिप दुर्घटना, चालक घाइते
बैतडी । बैतडीमा जिप दुर्घटना हुँदा चालक घाइते भएका छन् ।
जिल्लाको सिगास गाउँपालिका–२ धौलाडीस्थित कच्ची सडकखण्डमा शनिबार दिउँसो साढे १२ बजेतिर सुपप्र ०१–००१ च ४०२८ नम्बरको बोलेरो जिप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
सिगासको बल्लेजुडामा यात्रु पुर्याएर गाँजरीतर्फ आइरहेको उक्त जिप उकालो चढ्न नसकी ब्याक हुँदा दुर्घटनामा परेको हो । जिप ब्याक भएपछि चालकले हाम फालेर ज्यान जोगाएका छन् । जिप भने सडकबाट दुई सय मिटर तल खसी पूर्ण रुपमा क्षतिग्रस्त भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक सुरज सिंहले बताउनुभयो ।
उक्त जिपमा सिगास गाउँपालिका–२ खोल्टेका ३३ बर्षीय चालक गननसिंह धामी मात्रै रहेका र हाम फाल्दा उनी सामान्य घाइते भएका छन् । घाइते धामीलाई उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।
घटनाका विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यसअघि शुक्रवार मात्रै बैतडीको शाहीलेकमा बस दुर्घटना हुँदा एकजनाको ज्यान गएको थियो भने १० जना घाइते भएका थिए ।







प्रतिक्रिया राख्नुहोस्