तपाईँ सुन्दै हुनुहुन्छः

मुक्त हलियाकाे स्थायी समाधान खाेजिनु पर्छ : मुख्यमन्त्री भट्ट

धनगढी। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले मुक्त हलियाको स्थायी रुपमा समाधान खोजिनु पर्ने बताउनुभएको छ।

आज धनगढीमा १८ औ  मुक्त हलिया दिवसका अवसरमा आयोजित कार्यक्रममा उहाँले पुनर्स्थापना हुन बाकी रहेका मुक्त हलिया परिवारको समस्या समाधानका लागि प्रदेश सरकार तत्पर रहेको बताउनु भयो । मुख्यमन्त्री भट्टले हलिया मुक्ती घोषणाको बर्षौ सम्म पुनर्स्थापना कार्य पूरा नहुनका कमजोरीलाई औँल्याउँदै वास्तविक र नक्कली मुक्त हलियाको यथार्थ पहिचान गरिनु पर्नेमा जोड दिनुभयो । 

नक्कली मुक्त हलिया खडा गरेर पुनर्स्थापनालाई गिजोल्ने काम भइरहेको त  छैन, अव राज्यका निकाय र हलिया क्षेत्रमा काम गर्ने सङ्घको ९हलिया महासङ्घ० को भूमिका, कामकारबाहीबारे गम्भीर समीक्षा ९मूल्याङ्कन० गर्नु पर्छ, उहाँले भन्नुभयो ।ू

मुख्यमन्त्री भट्टले प्रदेश सरकार मुक्त हलियाका मागप्रति सकारात्मक रहेको उल्लेख गर्दै नयाँ बजेटमा मुक्त हलियालाई सम्बोधन गरिने प्रतिबद्धता ब्यक्त गर्नु भयो ।

राष्ट्रिय मुक्त हलिया समाज महासंघका अध्यक्ष रमेशराम कोलीको अध्यक्षतामा भएको कार्यक्रममा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री दमन बहादुर भण्डारी सरोकारवाला तथा मुक्त हलियाको सहभागिता रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button