तपाईँ सुन्दै हुनुहुन्छः

अर्थमन्त्री रामेश्वर खनालद्वारा पदभार ग्रहण, टुक्रे आयोजना कार्यान्वयन नगर्ने पहिलो निर्णय

काठमाडौँ I नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले आज पदभार ग्रहण गर्नुभएको छ । 

सिंहदरबार स्थित अर्थ मन्त्रालयमा आज पदभार ग्रहण गर्दै नवनियुक्त अर्थ मन्त्री खनालले पूर्व तयारी नभएका र टुक्रे आयोजना कार्यान्वयन नगर्ने पहिलो निर्णयमा हस्ताक्षर गर्नुभयो ।

अर्थमन्त्री खनालले अबको प्राथमिकता युवाका माग पूरा गर्नुपर्ने र निर्वाचन गर्नुपर्ने भएकाले पूर्व तयारी नरहेका आयोजनाहरूको काम अगाडी नबढाउने, तयारी नभएका टुक्रे आयोजना खारेज गरी फजुल खर्च मूल्याङ्कन गरेर काम अगाडी बढाउने बताउनुभयो ।

नवनियुक्ति अर्थमन्त्री पौडेलले आफूहरूले आयोग मार्फत दिएका सुझावहरू कार्यान्वयन गर्न समेत तत्पर रहेको पनि बताउनुभयो ।

पदभार ग्रहणअघि अर्थ मन्त्रालयमा अर्थ मन्त्री खनाललाई कर्मचारीहरूले स्वागत गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button