ब्रेकिङ बाउन्ड्रीज क्रिकेटमा छात्रतर्फ कालिका र छात्रातर्फ वाराहीलाई उपाधि
पोखरा । पोखरा क्रिकेट एकेडेमीको आयोजना तथा किडासा फाउण्डेशन र एमसिसीको सहयोगमा पोखरामा शुक्रबार सम्पन्न छैटौँ ब्रेकिङ बाउन्ड्रीज छात्र÷छात्रा अन्तर विद्यालय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता अन्तर्गत छात्रतर्फ कालिका मावि तथा छात्रातर्फ वाराही माविले उपाधि जितेका छन् । पोखरा रङ्गशालामा आज (शुक्रबार) भएको फाइनल खेलमा कालिकाले जनप्रिय माविलाई तथा वाराहीले कालिका माविलाई पराजित गर्दै उपाधि जितेका हुन् ।

प्रतियोगिताका विजेता खेलाडीले ६० प्रतिशतको छात्राबृत्तिसंगै ट्रफि मेडल प्रमाणपत्र तथा उप–विजेता खेलाडीले ४० प्रतिशतको छात्राबृत्तिसंगै ट्रफि मेडल प्रमाणपत्र पुरस्कार प्राप्त गर्नुभयो । उहाँहरुलार्ई एक समारोहका बिच प्रमुख अतिथि कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष दीपेन्द्र प्रताप चन्द, विशेष अतिथि किडासा प्रतिनिधि सविन उदास, बसन्त पराजुली, सञ्जय आत्रेय, पोखरा महानगर क्रिकेट समितिका पूर्व अध्यक्ष वीरेन्द्र पुन, क्यानका पूर्व सदस्य ऋषिराम गौतम लगायतले पुरस्कृत गर्नुभएको थियो ।
प्रतियोगितामा छात्रतर्फ कालिकाका राज परियारले सर्वोत्कृष्ट खेलाडीको उपाधि हात पार्नुभयो । नवप्रभावतका अनिष रावत वेष्ट बलर र वेष्ट ब्याटस्म्यान घोषित हुनुभयो । छात्रातर्फ वाराहीका हिरा घर्तिमगर सर्वोत्कृष्ट खेलाडी हुँदा कालिकाका वर्षा पौडेलले वेष्ट बलर र वेष्ट ब्याटरको उपाधि जित्नुभयो ।
छात्रातर्फ कालिकालाई १२ रनले पराजित गर्दै वाराही च्याम्पियन बन्यो । टस हारेर ब्याटिङ गरेको वाराहीले ६७ रनमा सम्पूर्ण विकेट गुमाएको थियो । वाराहीका सुस्मिता श्रेष्ठले सर्वाधिक १६ रन को योगदान दिनुभयो । कालिकाको बलिङमा चुनिसा मगरले ४ तथा वर्षा पौडेलले ३ विकेट लिनु भएको थियो । कालिकाले पुरा ओभर खेलेर ८ विकेटको क्षतिमा ५५ रन मात्रै बनाउन सक्यो । कालिकाका वर्षा पौडेलले १३ रनको योगदान दिनुभयो । प्लेयर अफ द म्याच बनेकी वाराहीका बलर हिरा घर्तिले २ तथा अर्का बलर कुसुम राईले २ विकेट लिनु भएको थियो ।
एक साता सम्म चलेको प्रतियोगितामा छात्रतर्फ ३२ तथा छात्रातर्फ १६ टिमको सहभागिता रहेको क्रिकेट खेलाडी सन्देश शाही ठकुरीले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्