तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्री ओलीसँग सांसदहरूको प्रश्नोत्तर कार्यक्रम कार्यसूचीबाट हटाइयो  

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएपछि प्रतिनिधिसभामा आजका लागि पूर्वनिर्धारित सांसदसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यसूचीबाट हटाइएको छ ।

प्रधानमन्त्री ओली अस्वस्थ भएकाले सांसदहरूसँग प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रमलाई कार्यसूची हटाइएको सभामुखको सचिवालयले जानकारी दिएको छ ।

सभामुख देवराज घिमिरेका प्रेस विज्ञ शेखर अधिकारीले प्रधानमन्त्री ओलीको स्वास्थ्यका कारण उपस्थित हुन नसक्ने भएपछि सांसदहरूसँग प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रमलाई कार्यसूचीबाट हटाइएको जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button