‘विकास निमार्णका कामलाई मिडियाले उजागर गर्नुपर्ने’
विराटनगर । विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले, संघ, प्रदेश र स्थानीय सरकारले गरेका विकास निमार्णका कामलाई मिडियाले उजागर गर्नुपर्नेमा जोड दिनुभएको छ ।

गोरखापत्र प्रकाशनको १२५ औँ वर्ष प्रवेश तथा संस्थानको ६३ औ वार्षिक अवसरमा विराटनगर स्थित गोरखापत्रको कार्यालयमा आयोजित कार्यक्रममा उहाँले गोरखापत्रले जनताको आवाजलाई राष्ट्रसम्म पुर्याउन पुलको काम गरिरहेको बताउनुभयो ।
मेयर कोइरालाले गोरखापत्र संस्था नेपाली जनताको सम्पत्ति भएकाले यस्को प्रवर्धनमा तिनै तहका सरकार क्रियाशील हुनुपर्ने बताउनुभयो । गोरखापत्रको आफ्नै महत्व र आकर्षण रहेको चर्चा गर्दै उहाँले लोकतन्त्र र प्रजातन्त्रको सुद्धिढिकरणमा पत्रिकाको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गर्नुभयो ।
गोरखापत्र संस्थाको विकासका लागि महानगरको सक्दो सहयोग रहने र विराटनगर स्थित गोरखापत्रको कार्यालय सम्म पुग्ने ग्राभेल सडकलाई कालोपत्रे गर्ने प्रतिबद्धता समेत उहाँले व्यक्त गर्नुभयो ।
कार्यक्रम मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, नेपाल पत्रकार महासङ्घ कोशी प्रदेशका उपाध्यक्ष कुमोद अधिकारीले गोरखापत्र संस्थानको प्रकाशन १ सय २५ औँ वर्ष पुगेको अवसरमा शुभकामना दिनु भएको थियो ।
कार्यक्रम विराटनगर कार्यालयका प्रमुख राजकुमार गुरुङले गोरखापत्र विराटनगर शाखाले गरेको काम तथा गतिविधिको बारेमा चर्चा गर्नुहुँदै मिडियाको प्रवर्धनमा जोड दिनुभयो ।
सो अवसरमा विज्ञापन तथा पूर्वाधार निमार्ण तथा रङ्ग रोगन कार्यमा कार्यालयलाई सहयोग पु¥याउने विराटनगरका दुइवटा सरकारी कार्यालयका प्रमुखहरूलाई सम्मान समेत गरिएको थियो ।









प्रतिक्रिया राख्नुहोस्