तपाईँ सुन्दै हुनुहुन्छः

औषधि उत्पादन अनुज्ञापत्र, सिफारिस र नवीकरणको अवधि बढाउने प्रस्तावमा सांसदहरु सहमत

काठमाडौँ । सरकारले औषधी उत्पादन अनुज्ञापत्र, सिफारिस पत्र र प्रमाणपत्रको नवीकरणको अवधि बढाउने गरी ल्याएको प्रस्तावमा सांसदहरु सहमतिमा पुगेका छन् । 

कानुन, न्याय तथा मानवअधिकार समितिको आजको बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको छलफलका क्रममा औषधी उत्पादन अनुज्ञापत्र, सिफारिस पत्र र प्रमाणपत्रको नवीकरणको अवधि बढाउने, शुल्क र अनुगमन प्रभावकारी बनाउने विषयमा सहमति भएको हो ।

यसैगरी समितिमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानबाट वीर अस्पताल छुट्ट्याउने र प्रतिष्ठानलाई समय तोकेर आफ्नो छुट्टै अस्पताल स्थापना गर्न समय दिने विषयमा समेत छलफल भएको छ ।   

छलफलमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले औषधी उत्पादनलाई व्यवस्थित गर्न औषधी सम्बन्धी ऐनको मस्यौदा निर्माणको काम अन्तिम चरणमा पुगेको र संसद्को आगामी अधिवेशनमा पेश गर्ने तयारी भइरहेको बताउनुभयो ।

उहाँले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानबाट वीर अस्पताल छुट्ट्याउन आवश्यक रहेको भन्दै प्रतिष्ठानलाई निश्चित समय दिएर छुट्टै रुपमा अगाडी बढ्ने व्यवस्था गर्नुपर्ने बताउनुभयो ।

कानुन न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसीयाले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान र वीर अस्पतालका सम्बन्धमा थप छलफल गरेर मात्रै निष्कर्षमा पुग्नु पर्ने बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button