‘काँग्रेसभित्र आत्मविश्वास जागृत गर्ने बेला आएको छ’
नेपालगन्ज । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीभित्र आत्मविश्वास कमजोर बन्दै गएको बताउनुभएको छ ।

समुदायमा कांग्रेस अभियान अन्तर्गत बाँकेको अगैयामा आज आयोजित संवाद यात्रालाई सम्बोधन गर्दै महामन्त्री थापाले गुम्दै गएको आत्मविश्वास जागृत गर्ने गरी काम गर्नुपर्ने बेला आएको बताउनुभयो ।
महामन्त्री थापाले कम्युनिस्टहरू मिल्ने डर र सरकारमा जाने रहरले यसअघि गठबन्धनमा गएको मनोविज्ञान चित्रण गर्दै अब उप्रान्त गठबन्धन नगरिने स्पष्ट पार्नुभयो । ‘गठबन्धन गरेर हामीले हाम्रा मतदाताको अविचलित आस्थालाई विकृत बनाएका छौँ, जहाँबाट कमजोरी भयो अब त्यहीँबाट सच्चिएर हिँड्नुपर्छ,’ उहाँले भन्नुभयो ‘नेपाली कांग्रेस अब आफ्नो पवित्रता, मौलिकता र पहिचान बोकेर एक्लै चुनाव लड्छ ।
नेपाली कांग्रेस क्षेत्र नम्बर १ बाँकेका सभापति पोषण केसीको सभापतित्वमा सम्पन्न संवाद कार्यक्रममा केन्द्रीय सदस्य मधु आचार्य, प्रकाश स्नेही, कांग्रेस बाँकेका कार्यबहाक सभापति गोपालप्रसाद अधिकारी लगायतको उपस्थिति थियो ।







प्रतिक्रिया राख्नुहोस्