नेत्रहीन राष्ट्रिय क्रिकेट : कर्णालीले लुम्बिनीलाई हरायो

नेपालगञ्ज । बाँकेको कोहलपुरमा जारी नेत्रहीन राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत आज भएको खेलमा कर्णाली प्रदेश विजयी भएको छ ।
कर्णालीले लुम्बिनी प्रदेशलाई २९ रनले पराजित गरेको हो । लुम्बिनीले टस जितेर फिल्डिङ रोजेको थियो । कर्णालीले ६ विकेटको क्षतिमा १५७ रन बनाएको थियो ।

१५८ रनको लक्ष्य पछ्याएको लुम्बिनीले जबाफी ब्याटिङ गर्दै १६ ओभरमा अलआउट हुँदा १२८ रन मात्र बनाएको थियो । प्लेयर अफ द म्याच कर्णालीका यज्ञ बहादुर थापाले ५७ रन बनाएका थिए ।
प्रतियोगिता क्रिकेट संघ नेपालको आयोजना भइरहेको छ ।







प्रतिक्रिया राख्नुहोस्