‘नीतिगत अस्पष्टताका कारण खेलाडीलाई पुरस्कृत गर्न सकिएन’
धनकुटा । संघीय सरकारका युवा तथा खेलकुद मन्त्री डिकबहादुर लिम्बुले नीतिगत अस्पष्टताका कारण सरकारले खेलाडीहरूलाई पुरस्कृत गर्न नसकेको बताउनुभएको छ ।

धनकुटामा नेपाली काँग्रेस धनकुटाले आयोजना गरेको कार्यकर्ता तथा पत्रकार भेटघाट कार्यक्रममा मन्त्री लिम्बुले पटक पटक घोषणा भएका पुरस्कार तथा प्रोत्साहन रकम नीतिगत अस्पष्टताका कारण दिन नसकिएको बताउनुभयो । त्यस्ता नीतिगत अस्पष्टताको अन्त्य गरी खेलाडीहरूलाई पुरस्कार तथा प्रोत्साहन रकम निकासा गर्ने तयारीमा सरकार रहेको जानकारी दिनुभयो ।

मन्त्री लिम्बूले नेपाली क्रिकेट टिमले सर्वाधिक सफलता चुमेकाले सरकारले राष्ट्रिय गौरवको आयोजनामा समावेश गरी क्रिकेट रंगशाला बनाउने बताउनुभयो ।
उहाँले चाडबाड तथा विभिन्न प्राकृतिक प्रकोपका कारण सरकार सुस्त गतिमा रहेको भएको भए पनि चाडबाडपछि सरकारले गति लिने बताउनुभयो । सरकार सार्वजनिक बिदा घटाउन लागेको भए पनि विविध कारणले नसकिएको मन्त्री लिम्बूको भनाइ छ ।







प्रतिक्रिया राख्नुहोस्