तपाईँ सुन्दै हुनुहुन्छः

भूकम्पका घाइतेलाई रगत संकलन

नेपालगन्ज । जाजरकोटलाई केन्द्रबिन्दु बनाएर गएराती गएको भूकम्पमा परी घाइते भएकाहरूलाई उपचारका लागि नेपालगन्जमा रगत सङ्कलन गरिएको छ ।

नेपाल रेडक्रस सोसाइटी प्रादेशिक रक्त सञ्चार केन्द्र बाँकेमा हालसम्म ५० जनाले रक्तदान गरेका छन् । रक्तदान गर्ने क्रम जारी छ ।

बिरामीलाई रगतको अभाव हुन नदिनका लागि रगत सङ्कलन गरिएको रक्त सञ्चार केन्द्र नेपालगन्जका प्रमुख उपेन्द्र रेग्मीले बताउनुभयो । भूकम्पका घाइतेहरूलाई आज बिहान ३ बजेदेखि नेपालगन्ज भेरी अस्पतालमा उपचार सुरु गरिएको हो ।

प्रमुख जिल्ला अधिकारीका श्रवण कुमार पोखरेलका अनुसार नेपालगन्जमा २६ जनाको उपचार भइरहेको छ भने एक जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button