विनियोजन विधेयकमाथि उठेका प्रश्नमा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री आचार्यको जवाफ
काठमाडौँ । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्यले आगामी आर्थिक वर्षमा मन्त्रालयका लागि १ अर्ब ५७ करोड ६२ लाख बजेट विनियोजन गरिएको बताउनुभयो ।
विनियोजन विधेयकमाथि संसदमा उठेका विषयमा जवाफ दिँदै मन्त्री आचार्यले लैङ्गिक हिंसा निवारण तथा मानव बेचबिखन नियन्त्रण, सामाजिक विकास, अपाङ्गता अधिकार प्रवद्र्धन र ज्येष्ठ नागरिक संरक्षण, बालबालिका कार्यक्रम, राष्ट्रपति महिला सशक्तीकरण परियोजना र महिला समुन्नत कार्यक्रम मन्त्रालय अन्तर्गत सञ्चालनमा रहेको जानकारी गराउनुभयो ।
मन्त्री आचार्यले महिलाको उद्यमशीलता विकास गर्ने कार्यक्रमलाई प्राथमिकता दिएको, महिलाको उत्थान सशक्तीकरण गरी राष्ट्रिय विकासमा मुल प्रवाहिरकण गर्नका लागि जीविकोपार्जन कार्यक्रम कार्यान्वयन प्राथमिकतामा रहेको बताउनुभयो ।







प्रतिक्रिया राख्नुहोस्