दाइजो प्रथा र्निमुल गर्ने मटिहानी नगरपालिकाको घोषणा
महोत्तरी । महोत्तरीको मटिहानी नगरपालिकाले ११औँ नगरसभामा दाइजो प्रथाको अन्त्य गर्न नगरप्रमुख हरि मण्डलले नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् ।
बालविवाह तथा दाइजो प्रथाको अन्त्यको लागी यसअघि पनि निक्कै प्रयास गर्दै आएको नगरपालिकाले आर्थिक बर्ष २०८०/८१ को नीति तथा कार्यक्रममा औपचारिकरुपमा नै बालविवाह तथा दाइजो प्रथा उन्मुलन घोषणा गर्ने जिल्लामा पहिलो मटिहानी नगरपालिका बनेको छ ।
दाइजो प्रथा जस्तो कुप्रथाको अन्त्यका लागी स्थानीय सरकारलाई ठुलो चुनौती बनिरहेको बेला मटिहानी नगरपालिकाले देखाएको तदारुकता यति वेला सर्वत्र चर्चाको विषय बनेको छ ।
नगरसभामा प्रमुख अथितिकोरुपमा सहभागी भएका महोत्तरी क्षेत्र न.२ का निर्वाचित सङ्घीय संसद् तथा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री सरद सिंह भण्डारीले नगरप्रमुखले प्रस्तुत गरेको नीति तथा कार्यक्रम समावेशी भएको बताए ।
कुप्रथा तथा कु-संस्कारको अन्त्य गर्दै नगरसभामा सार्वजनिक गरिएको नीति तथा कार्यक्रमले मटिहानीको विशिष्ट पहिचान सुरक्षित गरेको उनले आफ्नो धारणा राखे । ‘पहिचानको विकास मुख्य विकास हो । हरेकले आफ्नो पहिचानसहितको विकास खोज्नुपर्छ,’ उनले भने, ‘मटिहानीका नगरप्रमुखले यस्लाइ कायम राखेका छन् ।’
बालविवाह तथा दाइजो प्रथालाई निरुत्साहित गरेको भन्दै नगरपालिकाले २५ घरका अभिभावकलाई सामूहिक सम्मानसमेत गरेको थियो ।








प्रतिक्रिया राख्नुहोस्