निको कप महिला टि–२० राष्ट्रिय क्रिकेट प्रतियोगिता: एपिएफ क्लब तथा लुम्बिनी प्रदेश सेमिफाइनलमा भिड्दै

जनकपुरधाम । जनकपुरधाममा जारी रहेको निको कप महिला टि–२० राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत भोली सेमिफाइनल खेल हुने भएको छ ।
मधेश प्रदेशको खेलकुद तथा समाज कल्याण मन्त्रालय, मधेश खेलकुद परिषद् तथा नेपाल खेलकुद महासङ्घको संयुक्त आयोजनामा जनकपुरधामको निर्माणाधीन रामजानकी बहुउद्देश्यीय अन्तर्राष्ट्रिय रङ्गशालामा भोली बिहानका लागि दुई वटा सेमिफाइनल खेल हुने भएको हो ।
बिहान ९ बजे नेपाल एपिएफ क्लब तथा लुम्बिनी प्रदेशका बीचमा पहिलो सेमिफाइनल खेल हुने तालिका रहेको छ । यसै गरि त्यस लगतै कोशी तथा बागमतीका बीचमा दोस्रो खेल हुने भएको छ । दुवै खेलमा विजयी हुने टिमका बीचमा शनिवार फाइनल खेल हुने भएको छ ।
सात प्रदेश र एक विभागीय टिम गरेर कूल ८ टिमको सहभागिता रहेको यी चार टिम सेमिफाइनलमा पुग्ने भएको छ । सेमिफाइनलमा सर्वाधिक अंक सहित विजयी हुने दुई टिमका बीचमा फाइनल खेल असार १३ गते शनिवारका दिन खेल हुने भएको छ ।









प्रतिक्रिया राख्नुहोस्