‘सूचना प्रविधिको विकासले देश विकासमा सहयोग पुग्छ’
घोराही । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सूचना प्रविधिको विकासले देशको आर्थिक समृद्धिमा सहयोग पुग्ने बताउनुभएको छ ।

महिला सेवा संस्था, नेपालद्वारा आज दाङको घोराहीमा आयोजित कार्यक्रममा सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री शर्माले सूचना प्रविधि क्षेत्रको विकासले मुलुकलाई समृद्धि बनाउन सहयोग पुर्याउने भएकोले यसको सही सदुपयोग गर्न ध्यान दिनुपर्ने बताउनुभयो ।
मन्त्री शर्माले प्रविधिमैत्री सेवा विकासका लागि नेपाल सरकारले सन् २०२३ भित्र नेपालका सबै पालिकाको केन्द्रसम्म इन्टरनेट पुर्याउने लक्ष्य लिएको बताउनुभयो ।
इन्टरनेट तथा प्रविधिको विकासले महिलालाई काममा सहजतासँगै लैङ्गिक असमानता अन्त्यका लागि महत्त्वपूर्ण भूमिका खेल्ने पनि बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्