तपाईँ सुन्दै हुनुहुन्छः

रेडियो नेपाल र कर्मचारी सञ्चय कोषबीच योगदानमा आधारित निवृत्तिभरण योजना सञ्चालन गर्नेसम्बन्धी सम्झौता

काठमाडौँ । रेडियो प्रसार सेवा विकास समिति (रेडियो नेपाल) र कर्मचारी सञ्चय कोषबीच योगदानमा आधारित निवृत्तिभरण योजना सञ्चालन गर्नेसम्बन्धी सम्झौता भएको छ।

दुई संस्थाबिच ‘सार्वजनिक निकायका कर्मचारीको निवृत्तिभरण तथा उपदान कोष सञ्चालन निर्देशिका, २०७७’ अनुरुप सम्झौता भएको हो।

योगदानमा आधारित निवृत्तिभरण सम्बन्धी नियमावली अनुसार कर्मचारीको तलबबाट मासिक कम्तीमा ६ प्रतिशत रकम कट्टी गरी सम्बन्धित संस्थाबाट सोही बराबर थप गरी निवृत्तिभरण कोषमा जम्मा गर्दै लाने व्यवस्था रहेको छ।

सम्झौता पत्रमा आज रेडियो नेपालका नायब कार्यकारी निर्देशक खगेन्द्र खत्री र कोषको तर्फबाट का. मु. मुख्य प्रबन्धक महेशप्रसाद खनालले हस्ताक्षर गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button