नागरिकले संविधान अनुसार नागरिकता पाउनुपर्छ : गृहमन्त्री श्रेष्ठ

भैरहवा । नेपाल सरकारका उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले देशका नागरिकहरूले संविधान अनुसार नागरिकता पाउने बताउनु भएको छ ।
भैरहवामा प्रेस सेन्टर नेपाल रुपन्देहीले गरेको पत्रकार भेटघाट कार्यक्रममा पत्रकारहरूसँग बोल्दै गृहमन्त्री श्रेष्ठले नेपालको संविधान अनुसार सबै नागरिकले नागरिकता पाउने बताउँदै राज्यले कुनैपनि नागरिकलाई नागरिकता दिनबाट वञ्चित नगराउने बताउनुभयो । केही विषयमा राष्ट्रिय सहमति हुने उहाँको तर्क थियो ।
त्यसै गरी उहाँले सरकारले आफ्ना लक्ष्य पुरा गर्न सदैव प्रतिबद्ध रहेको बताउनुभएको छ । सरकारले राम्रो सँग काम गर्न नसकेर नयाँ गठबन्धनको सरकार बनेको हो श्रेष्ठले भन्नुभयो, अहिले व्यवस्थित र परिणाम मुखी तरिकाले काम गर्छौँ ।







प्रतिक्रिया राख्नुहोस्