निजी क्षेत्रका मागप्रति सरकार गम्भीर : उपप्रधानमन्त्री पौडेल
धनगढी । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निजी क्षेत्रले उठाएका मागप्रति सरकार गम्भीर रहेको बताउनुभएको छ ।
धनगढीमा कैलाली उद्योग वाणिज्य सङ्घको ज्ञापनपत्र बुझ्नुहुँदै अर्थमन्त्री पौडेलले सरकार र निजी क्षेत्रबिच समन्वय, सहकार्य भएर अघि बढ्नुपर्ने बताउनुभयो । उहाँले आर्थिक क्षेत्रमा देखा परेका समस्या समाधान गर्नेतर्फ सरकार संवेदनशील रहेको बताउनुभयो ।

त्यस क्रममा अर्थमन्त्री पौडेल समक्ष कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले ब्याजदर लगायतका विभिन्न माग समेटिएको ज्ञापनपत्र बुझाउनुभएको थियो ।
यसैबिच आजै उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलले कैलाली भन्सार कार्यालय र आन्तरिक राजस्व कार्यालयको स्थलगत निरीक्षण गर्नुभएको छ ।







प्रतिक्रिया राख्नुहोस्