ताप्लेजुङबाट प्रतिनिधि सभा सदस्यमा एमालेका भट्टराई निर्वाचित

ताप्लेजुङ । ताप्लेजुङबाट नेकपा एमालेका योगेशकुमार भट्टराई प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ । गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका खेलप्रसाद बुडाक्षेत्री (पराग) लाई २ सय ८ मतले पछि पार्दै भट्टराई निर्वाचित हुनुभएको हो ।
भट्टराईले २१ हजार ९ सय ४३ मत प्राप्त गर्नुभएको छ भने बुडाक्षेत्रीले २१ हजार ७ सय ३५ मत प्राप्त गर्नुभएको छ । औपचारिक घोषणा भने भइसकेको छैन ।
बिहान सम्म १ हजार बढिले अग्रता लिनुभएका बुडाक्षेत्री फुङलिङ नगरपालिकाको मतगणना पछि क्रमशः पछि पर्दै जानुभएको थियो । भट्टराई अघिल्लो निर्वाचनमा समेत प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको थियो । बुडाक्षेत्री गठबन्धनको साथ सहित पहिलो पटक चुनावी मैदानमा हुनुहुन्थ्यो ।
अघिल्लो निर्वाचनमा २९ हजार ४७९ मत सहित निर्वाचित हुनुभएको थियो । ताप्लेजुङमा यस पटक कुल ८८ हजार २८५ मतदाता रहेकोमा आइतबार सम्पन्न निर्वाचनमा ४८ हजार ३५५ मत खसेको थियो ।








प्रतिक्रिया राख्नुहोस्