ताप्लेजुङमा मतदानस्थल पुग्न नसक्ने मतदाताका लागि अनिवार्य सवारी पास
ताप्लेजुङ । आसन्न निर्वाचनका क्रममा हिडेंर मतदान स्थल पुग्न नसक्न मतदातालाई ताप्लेजुङ सवारी पास अनिवार्य गरिएको छ । जिल्ला निर्वाचन व्यवस्थापन समितिको संयोजनमा बसेको बैठकले दुई बुदे निर्णय गरेको हो ।
मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश निर्मला योङ्याको उपस्थिति बसेको सर्वदलीय सर्वपक्षीय बैठकले अनुसार हिडेंर मतदानस्थल पुग्न नसक्ने भनी सम्बन्धित वडा कार्यालयले गर्ने सिफारिसका आधारमा सवारी पास उपलब्ध गराइने भएको छ ।
उम्मेदवारले लिएको पासका आधारमा चल्ने सवारीमा यस्ता मतदाता लैजान तथा ल्याउन नपाइने भएको छ । सवारी पासको अन्य प्रक्रिया निर्वाचन आयोगले तयार पारेको प्रक्रिया र मापदण्ड अनुसार हुने सहायक निर्वाचन अधिकृत शम्भुप्रसाद रेग्मीले बताउनुभयो ।
उहाँका अनुसार जिल्लाका राजनीतिक दलहरूले मौन अवधिमा पालना गर्नुपर्ने आचार संहिताको पूर्ण पालना गर्ने प्रतिबद्धता जनाएका छन् । ८८ हजार २ सय ८५ मतदाता रहेको ताप्लेजुङमा ७५ मतदान स्थल र १ सय २३ मतदान केन्द्र रहेका छन् ।







प्रतिक्रिया राख्नुहोस्