शिक्षा क्षेत्रको दीर्घकालीन समाधान खोज्न सरकार गम्भीर छ : मन्त्री पोखरेल

धनगढी । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले शिक्षा क्षेत्रको कानुनी र नीतिगत रुपमा दीर्घकालीन समाधान खोज्ने गरि सरकारले काम गरिरहेको बताउनु भएको छ ।
आज धनगढीमा आयोजित शिक्षा संवाद कार्यक्रममा मन्त्री पोखरेलले शिक्षाका विभिन्न नीतिमा सरकारले काम गरि अघि बढीले बताउनुभयो ।
“अहिले विद्यालय शिक्षा ऐन बनिरहेको छ, महत्वपूर्ण समय छ, सरोकारवालाबाट प्राप्त धारणालाई कानुनी र नीतिगत रुपमा सम्बोधन गर्ने समय अहिले हो, त्यसैले सुझाव धारणा समेट्न प्रदेश स्तरीय शिक्षा संवाद कार्यक्रम आयोजना गरिएको छ”, उहाँले भन्नुभयो । मन्त्री पोखरेलले विद्यालय र विद्यार्थीको हितलाई केन्द्रमा राखेर काम गर्न शिक्षकहरूलाई आग्रह गर्नुभयो ।
मन्त्री पोखरेलले शिक्षकहरूका मागप्रति सरकार गम्भीर रहेको बताउनुभयो । “शिक्षकहरूले आन्दोलन गर्न काठमाडौँ आइराख्न पर्दैन, तपाईँहरू (शिक्षक)का माग सुनुवाई लागि सरकार यहाँ आएको छ, सरकार मागप्रति सकारात्मक छ”, उहाँले भन्नुभयो ।
शिक्षा तथा खेलकुद मन्त्रालयद्वारा आयोजित शिक्षा संवाद कार्यक्रममा शिक्षा सल्लाहकार झा, सरकारी अधिकारी तथा शिक्षक, अभिभावक, विद्यार्थी एवं सरोकारवालाको सहभागिता रहेको थियो ।
मन्त्री पोखरेलले आजै गेटास्थित सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको अनुगमन गर्नुभएको छ । त्यस क्रममा उहाँले विश्वविद्यालयको समग्र अवस्थाबारे जानकारी लिनुभयो । सरकारले गेटामा यसै वर्षदेखि चिकित्सा शिक्षाका कार्यक्रम सञ्चालन गर्ने लक्ष्य राखेको छ ।








प्रतिक्रिया राख्नुहोस्