तपाईँ सुन्दै हुनुहुन्छः

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

काठमाडौँ । सर्लाहीको मलङ्गवा नगरपालिका–८ स्थित सडकमा ज१त ५२४६ नम्बरको ट्याक्टरको ठक्करबाट पैदलयात्री गोडैता नगरपालिका–५ बस्ने २३ वर्षीया गुरीया कुमारीको आज मृत्यु भएको छ । 

दुर्घटनामा गम्भीर घाइते हुनुभएकी गुरीयाको प्रादेशिक अस्पताल मलङ्गवामा उपचारका क्रममा मृत्यु भएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ । प्रहरीका अनुसार प्रहरीले ट्याक्टर चालकलाई नियन्त्रणमा लिई घटनाका सम्बन्धमा अनुसन्धान सुरु गरिएको छ ।  

त्यस्तै, कपिलवस्तुको कपिलवस्तु नगरपालिका–१ आन्दोलन चोकस्थित सडकमा कृष्णनगरबाट भैरहवातर्फ जाँदै गरेको ना५ख २३६० नम्बरको ट्रकको ठक्करबाट साइकलयात्री कपिलवस्तु(२ बर्गदवा बस्ने २२ वर्षीया निशा गद्दीको आज दिउँसो मृत्यु भएको छ । 

दुर्घटनामा गम्भीर घाइते हुनुभएकी निशाको जिल्ला अस्पताल तौलिहवामा उपचारका क्रममा मृत्यु भएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ । प्रहरीले ट्रक चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button