तपाईँ सुन्दै हुनुहुन्छः

“हाम्रो स्वास्थ्य सरोकार” कार्यक्रम प्रसारणका लागि स्वास्थ्य मन्त्रालय र रेडियो नेपाल पोखराबीच सम्झौता

पोखरा I स्वास्थ्य मन्त्रालय गण्डकी प्रदेश र सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल प्रादेशिक प्रसारण कार्यालय गण्डकी प्रदेश पोखरा बिच आ.व. २०८३/०८४ का लागी “हाम्रो स्वास्थ्य सरोकार” रेडियो कार्यक्रम प्रसारण गर्ने सम्झौता भएको छ । 

सम्झौता पत्रमा  स्वास्थ्य मन्त्रालय गण्डकी प्रदेशका सचिव डा. युवा निधी बसौला र  रेडियो नेपाल प्रादेशिक प्रसारण कार्यालय पोखराका प्रमुख शान्ति गुरुङले हस्ताक्षर गर्नुभयो । 

सम्झौता पत्रमा हस्ताक्षर गर्ने क्रममा बोल्नुहुँदै स्वास्थ्य मन्त्रालय गण्डकी प्रदेशका सचिव डा.युवा निधी बसौलाले विगतमा जस्तै आगामी  कार्यक्रमहरू पनि जनमानसलाई सु–सूचित गर्दै स्वास्थ्य सम्बन्धी जनचेतना जगाउन फलदायी हुने विश्वास व्यक्त गर्नुभयो । 

रेडियो नेपाल प्रादेशिक प्रसारण कार्यालय पोखराका प्रमुख शान्ति गुरुङले प्रसारण हुने रेडियो कार्यक्रम “हाम्रो स्वास्थ्य सरोकार” बाट दुरदराजदेखि सुगम सम्मका बालबालिका ,युवा साथै वृद्ध सबै लाभान्वित हुने बताउनुभयो ।

 प्रायोजित कार्यक्रम “हाम्रो स्वास्थ्य सरोकार” रेडियो नेपाल प्रादेशिक प्रसारण केन्द्र गण्डकी प्रदेश पोखराको मिडीयम वेभ ६८४ किलोहर्जका साथै एफ.एम ब्यान्डको ९८ मेगाहर्जमा गोर्खाको उपल्लोकोट १०० मेगाहर्जमा पोखरा, तनहुँको बन्दिपुर ,पर्वतको दुर्लुङकोटबाट साथै १०३ मेगाहर्जमा नवलपुरको दाउन्ने र पाल्पाको बगनासकालीस्थित रिले स्टेशन बाट  सुन्न सकिनेछ ।

 यसका अलवा रेडियो नेपालको अनलाइन, मोबाइल एप ,युट्युब, फेसबुक पेजबाट समेत सुन्न सकिनेछ  सम्झौता अनुसार हाम्रो स्वास्थ्य सरोकार कार्यक्रम २४ श्रृखला प्रसारण हुनेछ । कार्यक्रम पाक्षिक रूपमा दोस्रो र चौथो आइतबार बेलुकी ५.१५ देखि ५.४५ सम्म ३० मिनेट प्रसारण हुनेछ । कार्यक्रममा  जनस्वास्थ्यका क्षेत्रमा सरोकार राख्ने स्वास्थ्य गतिविधि, सेवा र अन्तर्वार्ता समावेश हुनेछन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button