तपाईँ सुन्दै हुनुहुन्छः

शिक्षा ऐन ल्याउने तयारी अन्तिम चरणमा: मन्त्री पोखरेल

धनगढी। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले नयाँ शिक्षा ऐन ल्याउने तयारी भइरहेको बताउनुभएको छ। त्यसका लागि हाल सरोकारवालाहरूबाट राय-सुझाव संकलनको काम भइरहेको र प्राप्त सुझावहरूलाई समेटेर सरकार अघि बढ्ने उहाँले स्पष्ट पार्नुभयो।

आज धनगढीमा प्रदेश, स्थानीय तह र शिक्षा विकास एकाइहरूका लागि आयोजित प्रदेश स्तरीय अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्नुहुँदै मन्त्री पोखरेलले नयाँ शिक्षा नियमावलीको प्रभावकारी कार्यान्वयन गर्न आग्रह गर्नुभयो ।  उहाँले शिक्षा क्षेत्रको विकासका लागि सहकार्य, समन्वय गरि अघि बढ्नु पर्नेमा जोड दिनुभयो । 

मन्त्री पोखरेलले सरकारी नीति नियमको प्रभावकारी कार्यान्वयन गर्ने अहिलेका लागी स्थानीय तह भएको बताउनु भयो ।

शिक्षा तथा खेलकुद मन्त्रालय, शिक्षा विभागद्वारा आयोजित अभिमुखीकरण कार्यक्रममा सुदूरपश्चिमको प्रदेशका स्थानीय तह, शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख लगायतको सहभागिता रहेको छ ।

 भाद्र ५ देखि ७ गते सम्मे चल्ने अभिमुखीकरण  कार्यक्रममा शिक्षासँग सम्बन्धित विभिन्न नीति, नियम, कानुन, निर्देशिका तथा मापदण्ड र वार्षिक कार्यक्रम कार्यान्वयन सम्बन्धी छलफल हुने बताइएको छ ।

मन्त्री पोखरेल आजै धनगढीमा शिक्षा संवाद कार्यक्रममा सहभागी हुने कार्यतालिका रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button