सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्री भट्टले भोली विश्वासको मत लिनुहुने
धनगढी । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले भोली भाद्र ३ गते विश्वासको मत लिनुहुने भएको छ ।
मुख्यमन्त्री भट्टले विश्वासको मत लिने प्रयोजनका लागि भोली दिउसो १ बजे प्रदेश सभाको बैठक बस्ने कार्यतालिका रहेको प्रदेश सभाका सचिव देव बहादुर बोगटीले बताउनुभयो । मुख्यमन्त्रीले प्रदेश सभाबाट विश्वासको मत लिने सम्बन्धीको पत्र प्राप्त भएको उहाँले बताउनुभयो ।
नेपाली कम्युनिष्ट पार्टी संसदीय दलका नेता भट्ट साउन २९ गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो । उहाँलाई नेकपा एमालेको समर्थन रहेको छ । प्रदेश सभामा नेकपा (सभामुख र एक निलम्बन) २२ र नेकपा एमालेका ११ जना रहेका छन् । यहाँ बहुमतका लागि २७ जना आवश्यक पर्छ ।
मुख्यमन्त्रीलाई विश्वासको मत दिन नेकपाको ह्विप
नेपाली कम्युनिष्ट पार्टीले विश्वासको मतको पक्षमा मतदान गर्न ह्विप जारी गरेको छ । आज बसेको नेकपा प्रदेश संसदीय दलको बैठकले विश्वासको मतको पक्षमा मतदान गर्न ह्विप जारीको निर्णय गरेको प्रदेश सभा सदस्य प्रकाश रावलले बताउनुभयो । मुख्यमन्त्रीले लिने विश्वासको मतको पक्षमा सबै प्रदेश सभा सदस्यलाई अनिवार्य उपस्थित भई मतदान गर्न ह्विप जारी गरिएको उहाँले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्