सार्वभौमसत्ताप्रति सचेत रहन एमालेको आग्रह
काठमाडौँ । नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापा बादलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई प्रधानमन्त्रीसहित सरकारको पुनर्गठन गर्न सुझाव दिनुभएको छ ।

प्रतिनिधि सभाको आजको बैठकमा समय माग गरी नेता थापाले प्रधानमन्त्री बालेन्द्र शाहको कार्यशैलीमा सुधार नआए र सभापति लामिछानेले पुनर्गठनको पहल नगरे जनसुनामी आउने र आन्दोलन हुन सक्ने चेतावनी दिनुभयो ।
नेता थापाले सरकारको कार्यशैलीले राष्ट्रियता, लोकतन्त्र र जनजीविकाको सवालमाथि गम्भीर प्रश्न खडा भएको र सरकारको विदेश नीति र राष्ट्रिय सुरक्षा रणनीतिमा विचलन देखापरेको समेत बताउनुभयो ।
नेता थापाले नेपालको राष्ट्रियतामाथि विभिन्न कोणबाट प्रहार भइरहेको तथा सरकारका क्रियाकलापहरूले राष्ट्रिय अखण्डता र सार्वभौमसत्ताप्रति प्रश्न उठाएको भन्दै सचेत रहन सबैलाई आग्रह समेत गर्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्