पूर्वाधार मन्त्री लम्साललाई बैतडीबाट हेलिकप्टरमार्फत धनगढी लगियो

बैतडी । बैतडी पुग्नुभएका पूर्वाधार बिकास मन्त्री सुनिल लम्साललाई हेलिकप्टरमार्फत धनगढी लगिएको छ ।
स्वास्थ्यमा समस्या आएपछि सुर्खेतबाट नेपाली सेनाको हेलिकप्टर मगाएर धनगढी लगिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख दिपक रायले जानकारी दिनुभयो।
“अहिलेलाई धनगढीका लगिएको छ, त्यहाँबाट काठमाडौँ लैजाने तयारी छ”, डिएसपी रायले भन्नुभयो । स्वास्थ्यमा समस्या आएकाले हिँडडुल गर्न सक्ने अवस्था नभएको हुनाले मन्त्री लम्साललाई नेपाली सेनाको हेलिकप्टर मगाएर काठमाडौँ पठाउन लागिएको राष्ट्रिय स्वतन्त्र पार्टी सुदूरपश्चिम प्रदेश सभापति प्रकाश बिष्टले बताउनुभयो । लम्साल शनिबार अबेर साँझ आफै गाडी चलाएर दार्चुलाबाट बैतडी सदरमुकाम पुग्नुभएको थियो ।
मन्त्री लम्सालको टोली शुक्रबारदेखि सुदूरपश्चिमका विभिन्न जिल्लाको राजमार्ग र पूर्वाधारको अवस्थाको निरीक्षण गर्न आएको हो । उहाँहरूको टोली दार्चुलाबाट फर्किएर बैतडीका विभिन्न क्षेत्र र बझाङ जाने कार्यक्रम तय भएको थियो ।








प्रतिक्रिया राख्नुहोस्