तपाईँ सुन्दै हुनुहुन्छः

जनक विवशको पहिलो तीज गीत‘नाचम नाचम’ सार्वजनिक

काठमाडौँ । गायक तथा सर्जक जनक विवश न्यौपानेको शब्द तथा संगीतमा नयाँ तीज गीत ‘नाचम नाचम’ सार्वजनिक भएको छ। यो जनक विवश न्यौपानेको पहिलो तीज गीत हो। मौलिक नेपाली संस्कृति र तीजको परम्परालाई झल्काउने किसिमले गीत तयार गरिएको छ।

गीतमा जनक विवश न्यौपाने र शान्तीश्री परियारको स्वर रहेको छ। गीतको संगीत संयोजन केशव बडुले गर्नुभएको हो भने मिक्सिङ तथा मास्टरिङ कुमार रानाले गर्नुभएको छ।

गीतको भिडियोमा निसान एसकेको कोरियोग्राफी रहेको छ। भिडियोमा सुधिर श्रेष्ठ, सागरदेव र सुजनीसिंह खड्काको अभिनय रहेको छ। गीतले तीजको मौलिकता, नेपालीपन र सांस्कृतिक भावनालाई मनोरञ्जनात्मक रूपमा प्रस्तुत गर्ने प्रयास गरेको छ। उक्त गीत जनक विवश न्यौपानेको आफ्नै युट्युव च्यानलमा अपलोड गरिएको छ । गीतको भिडियो हेर्न तलको लिङ्क क्लिक गरेर हेर्न सक्नुहुनेछ ।

https://www.youtube.com/watch?v=FrgPhJILaPo

प्रतिक्रिया राख्नुहोस्

Back to top button