तपाईँ सुन्दै हुनुहुन्छः

पूर्वाधार विकास मन्त्री लम्साललाई हेलिकप्टरबाट काठमाडौँ लगिँदै

धनगढी  । सुदूरपश्चिम प्रदेश भ्रमण रहनुभएका पूर्वाधार विकास मन्त्री सुनिल लम्साललाई काठमाडौँ लगिँदै छ । 

पहाडी जिल्लाका विभिन्न विकास आयोजनाको स्थलगत अनुगमनका लागि यहाँ पुग्नुभएका मन्त्री लम्साल बिरामी परेपछि  काठमाडौँ लैजान लागिएको बताइएको छ । बैतडी पुग्नुभएका मन्त्री लम्साललाई हेलिकप्टरबाट काठमाडौँ लैजाने तयारी भएको प्रहरीले जनाएको छ ।

अहिले मन्त्री लम्साल बैतडीको गोठापानीमा रहनुभएको र उहाँलाई लैजानका लागि सुर्खेतबाट नेपाली सेनाको हेलिकप्टर उडेको सुदूरपश्चिम प्रदेश प्रमुख डिआइजी सानुराम भट्टराईले बताउनुभयो । मन्त्री लम्साल भाइरल ज्वरोले उहाँ बिरामी पर्नुभएको भन्ने जानकारीमा आएको डिआईजी भट्टराईले बताउनुभयो । 

सुदूरपश्चिमका विकास आयोजना तथा पूर्वाधार निर्माणको स्थलगत अनुगमनका लागि मन्त्री लम्साल साउन २९ गते धनगढी पुग्नुभएको थियो । उहाँले डोटी, डडेल्धुरा, दार्चुला जिल्लास्थित पूर्वाधारका निर्माणका संरचनाको स्थलगत अनुगमन गर्नुभएको छ । 

मन्त्री लम्साल बझाङ, अछाम पुग्ने कार्यक्रम रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button