तपाईँ सुन्दै हुनुहुन्छः

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीका लागि दाबी पेश गर्न आह्वान

धनगढी  । सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँले मुख्यमन्त्री पदका लागी दाबी पेश गर्न आह्वान गर्नुभएको छ ।

मुख्यमन्त्री कमलबहादुर शाहले पदबाट राजीनामा दिनुभएपछि प्रदेश प्रमुख  मियाँले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मुख्यमन्त्री पदमा दाबी पेस गर्न आह्वान गर्नुभएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । 

सुदूरपश्चिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्नसक्ने प्रदेशसभा सदस्यलाई भोली साउन २९ गते बिहान ११ बजेसम्म प्रदेश प्रमुखसमक्ष दाबी पेस गर्न भनिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button