तपाईँ सुन्दै हुनुहुन्छः

बाढीमा मृत्यु भएकाको वैज्ञानिक परीक्षणसहित शव व्यवस्थापन गर्न कार्यविधि बनाउन निर्देशन

काठमाडौँ । प्रतिनिधिसभाको कानुन, न्याय तथा मानव अधिकार समितिले रसुवा–भोटेकोशी बाढीमा मृत्यु भएकाको सम्मानजनक र वैज्ञानिक परीक्षणसहित शव व्यवस्थापन तथा हस्तान्तरणका लागि आवश्यक कार्यविधि र मापदण्ड बनाउन सरकारलाई निर्देशन दिएको छ।

समितिले आवश्यक कानुन परिमार्जन तथा पुनर्लेखनका लागि ठोस व्यवस्था मिलाउन पनि सरकारलाई निर्देशन दिएको हाे।

यस्तै, जलवायु परिवर्तनबाट हुने हानि–नोक्सानीको क्षतिपूर्ति र जलवायु न्याय सुनिश्चित गर्न अति प्रभावित राष्ट्रसँग सहकार्य गरी अन्तर्राष्ट्रिय साझा संयन्त्र स्थापना तथा नयाँ सन्धि–सम्झौताका लागि कूटनीतिक पहल गर्न सरकारलाई सुझाव दिएको छ।

बैठकमा गृह, वन, कृषि र कानुन मन्त्रालयका सचिव तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुखले भोटेकोशी बाढीबाट भएको क्षतिबारे समितिलाई जानकारी गराउनुभएको थियो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button