राष्ट्रिय सेवा दल विधेयक, २०८३ प्रतिनिधिसभाबाट पारित

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकले राष्ट्रिय सेवा दल विधेयक, २०८३ पारित गरेको छ ।
बैठकमा प्रधानमन्त्री तथा रक्षामन्त्री बालेन्द्र शाहका तर्फबाट कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले प्रस्तुत गर्नुभएको राष्ट्रिय सेवा दल विधेयक २०८३ सभाको सर्वसम्मतिले पारित गरेको हो ।
यस्तै बैठकले बालबालिका सम्बन्धी (पहिलो संशोधन) विधेयक २०८३ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ ।
महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बदीले प्रस्तुत गर्नुभएको प्रस्ताव सभाको सर्वसम्मतिले स्वीकृत गरेको हो ।
यसअघि बैठकमा सभामुख डोलप्रसाद अर्यालले राष्ट्रपति कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउनुभयो ।
प्रतिनिधिसभाको अर्को बैठक भोलि असोज ६ गते मङ्गलवार दिउँसो १ बजे बस्नेछ ।








प्रतिक्रिया राख्नुहोस्