तपाईँ सुन्दै हुनुहुन्छः

संविधान दिवस तथा राष्ट्रिय दिवस आज मनाइँदै

काठमाडौँ। नेपालको संविधान जारी भएको ११ वर्ष पूरा भएको अवसरमा आज संविधान दिवस तथा राष्ट्रिय दिवस मनाइँदैछ।

सरकारले हरेक वर्ष असोज ३ गते संविधान दिवस तथा राष्ट्रिय दिवसका रूपमा मनाउँदै आएको छ। दिवसका अवसरमा आज काठमाडौँको सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना हुँदैछ।

दिवसका अवसरमा संघ, प्रदेश र स्थानीय सरकार, राजनीतिक दल तथा विभिन्न संघसंस्थाले पनि विभिन्न कार्यक्रम आयोजना गर्दैछन्। विदेशस्थित नेपाली कूटनीतिक नियोगमा पनि संविधान दिवसका कार्यक्रम हुँदैछन्।

२०७२ साल असोज ३ गते तत्कालीन राष्ट्रपति डा. रामवरण यादवले नयाँ बानेश्वरस्थित तत्कालीन संविधानसभा भवनबाट नेपालको संविधान जारी भएको घोषणा गर्नुभएको थियो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button