तपाईँ सुन्दै हुनुहुन्छः

‘तरकारी बिक्रीका लागि महिलाको पैदल संघर्ष’

मुगु। मुगुको सदरमुकाम गमगढीमा स्थायी हाट बजारको अभावमा स्थानीय महिलाहरू बिहानैदेखि डोकोमा तरकारी बोकेर बजारको गल्ली–गल्ली डुल्दै बिक्री गर्ने गरेका छन्।

सडक किनार, पसल अगाडि र चोक–चोकमा उभिएर तरकारी बेच्ने दृश्य त्यहाँ सामान्य भइसकेको छ।

ग्राहक खोज्दै दिनभर हिँड्नुपर्ने बाध्यता भएकाले महिलाले घाम, पानी र चिसो सहनुपरेको गुनासो गरेका छन्। किसान रामकुशुम रोकायाले बजार नहुँदा तरकारी बेच्न कठिन भएको बताउनुभयो। अर्का कृषक सानू भामका अनुसार “स्थायी हाट बजार भए उपभोक्ता नै खोज्दै आउने र आफूहरूलाई सजिलो हुने थियो।”

स्थानीय व्यवसायी र उपभोक्ताले पनि गमगढीमा स्थायी तरकारी हाट बजार निर्माण गर्न सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउँदै आएका छन्। उनीहरूका अनुसार बजार व्यवस्थित भए किसानले उचित मूल्य पाउने र उपभोक्ताले ताजा तरकारी सहजै किन्न सक्नेछन्।

मुगुका विभिन्न बस्तीबाट ल्याइने आलु, सिमी, बोडी, धनियाँ, खुर्सानी, काँक्रो, टमाटर, फर्सी, सागलगायतका मौसमी तथा बेमौसमी तरकारीले महिलाहरूलाई आयस्रोत दिएको छ। कृषक पन्चदेवी खड्काले विगतमा पैसाका लागि पुरुषमा निर्भर रहनुपर्ने अवस्था रहे पनि अहिले महिला आफैँ परिवारको आधार बन्न पुगेको बताइन्।

प्रतिक्रिया राख्नुहोस्

Back to top button