अबदेखि प्रहरीको तलब पनि पाक्षिक
काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ देखि नेपाल प्रहरीलाई हरेक १५ दिनमा तलब दिने व्यवस्था लागू गर्ने भएको छ ।
प्रहरी प्रधान कार्यालय, प्रशासन विभाग (बजेट शाखा) ले देशभरका बजेट सञ्चालन गर्ने कार्यालयहरूलाई परिपत्र जारी गर्दै अर्थ मन्त्रालयको निर्णय तथा महालेखा नियन्त्रक कार्यालयको पत्रअनुसार उक्त व्यवस्था कार्यान्वयन गर्न निर्देशन दिएको हो ।
परिपत्रमा अर्थमन्त्रीस्तरीय निर्णय तथा महालेखा नियन्त्रक कार्यालयको गत जेठ २१ गतेको पत्रअनुसार आगामी आर्थिक वर्षदेखि राष्ट्रसेवक कर्मचारीलाई हरेक महिनाको १५ दिन व्यतीत भएपछि अर्धमासिक रूपमा तलब–भत्ता भुक्तानी गर्ने प्रणाली लागू हुने उल्लेख गरिएको छ ।
प्रहरी प्रधान कार्यालयले सम्बन्धित सबै कार्यालयहरूलाई सोहीअनुसार तयारी गर्न र प्रणाली कार्यान्वयनमा ल्याउन निर्देशन दिएको छ । साथै, कल्याण महाशाखालाई समेत आर्थिक प्रणाली नयाँ व्यवस्थाअनुसार अद्यावधिक गर्न भनिएको छ ।








प्रतिक्रिया राख्नुहोस्