तपाईँ सुन्दै हुनुहुन्छः

महोत्तरीको जलेश्वरमा बहुपक्षीय नीति संवाद कार्यक्रम

महोत्तरी । महोत्तरीको जलेश्वरमा बहुपक्षीय नीति संवाद कार्यक्रम सम्पन्न भएको छ।

आइतबार ओरेक नेपालको पाइलट प्रोजेक्टको रूपमा जिल्लाका तीन स्थानीय तहको सहभागितामा लैङ्गिक उत्तरदायी विपत् प्रतिको लागि बजेट सुनिश्चितताका लागि मटिहानी नगरपालिका, जलेश्वर नगरपालिका र बर्दिबासमा नगरपालिकालक्षित बहुपक्षीय नीति संवाद कार्यक्रम आयोजना गरिएको ओरेककी प्रदेश संयोजक बिना सिंहले बताउनुभयो ।

युएनएफपिएको आर्थिक सहयोग तथा जलेश्वर नगरपालिकाको समन्वय र सहकार्यमा भएको सो संवाद कार्यक्रममा पालिकाको बजेट निर्माण गर्दा लैङ्गिक उत्तरदायी हुने गरी विपत् प्रतिकार्यमा बजेट सुनिश्चितता कसरी गर्ने भन्ने सन्दर्भमा चर्चा गरिएको हो ।

आइरहने प्राकृतिक विपतले स्थानीय संरचनाहरूलाई थप उत्तरदायी, समावेशी र महिलामैत्री सुरक्षित आवास, आपतकालीन स्वास्थ्य शिविर, यौन तथा लैङ्गिक हिंसा प्रति सेवा तथा सामाजिक पुनर्स्थापनाका लागि आवश्यक बजेटीय व्यवस्था स्थानीय तहको नीति र योजना निर्माणमा समावेश होस् भन्ने उद्देश्यले बहुपक्षीय नीति संवाद कार्यक्रम आयोजना गरिएको सिंहले बताउनुभयो ।

कार्यक्रममा महोत्तरीको मटिहानी, जलेश्वर र बर्दिबासलगायतका विभिन्न पालिकाका जनप्रतिनिधि, युवा, महिला तथा महिलामैत्री सञ्जालसहितका सरोकारवाला सङ्घसंस्था र सञ्चारकर्मीसमेतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button