पिकअप र कार ठोक्किँदा २ जनाको मृत्यु
रुपन्देही । रुपन्देही जिल्लाको लुम्बिनी सांस्कृतिक नगरपालिका ०६ लोखडियामा पिकअप र कार ठोक्किँदा २ जनाको मृत्यु भएको छ ।

भैरहवा९तौलिहवा हुलाकी सडकखण्डमा गत रात १२ बजे रातीको समयमा भैरहवाबाट तौलिहवातर्फ जाँदै गरेको लु १ ज ४७२० नम्बरको पिकअप र विपरीत दिशाबाट आउँदै गरेको भारतीय युपि ५३ डिएक्स ५२१४ नं.को कार एकआपसमा ठोकिएर दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देही प्रवक्ता एवं डिएसपी सुरज कार्कीले जानकारी गराउनुभएको छ ।
मृतक भारतको सिद्धार्थनगर ग्राम सिवपतिनगर बस्ने वर्ष ३७ को कृष्ण चन्द्र मौर्य रहेको आधार कार्डबाट खुल्न आएको थियो र एक जना मृतकको नाम ठेगाना खुलेको छैन र घाइते चालक भारत जिल्ला अम्बेटकर नगर बस्ने वर्ष ३५ को नगेन्द्र बर्मा रहेको थिए । मृतकलाई पोष्टमार्टमका लागि भैरहवा लगिएको र घाइतेको उपचार भिम अस्पताल भैरहवामा उप चार भइरहेको डिएसपी कार्कीले जानकारी दिनुभयो ।
लु १ ज ४७२० नम्बरको पिकअपमा चालकसहित पाँच जना सवार रहेको जिल्ला रुपन्देहीको सम्मरिमाई गाउँपालिका—४ मोतीपुर बस्ने वर्ष १८ को दिपेन्द्र कहारको टाउकोमा चोट लागेको र अवस्था गम्भीर रहेको त्यही गाउँका बस्ने वर्ष २३ को चन्द्रमान कहारको अवस्था सामान्य रहेको, चालकसहित तीनै जनाको मेडिकल कलेज भैरहवामा उपचार भइरहेको ईलाका प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्