तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेमा ८ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा युवक पक्राउ

नेपालगन्ज । बाँकेमा ८ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बैजनाथ गाउँपालिका ८ पिपिरी बस्ने २५ वर्षीय निम बहादुर बिक रहेको प्रहरीले जनाएको छ ।

आइतबार दिउँसो पक्राउ परेका बिकले ती बालिकालाई शनिबार साँझ डर त्रास देखाई बलात्कार गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाइएको छ ।

बलात्कार घटना सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button