तपाईँ सुन्दै हुनुहुन्छः

लोकतन्त्र र संविधानको रक्षा पहिलो प्राथमिकता : मन्त्री लेखक

धनगढी । गृहमन्त्री रमेश लेखकले लोकतन्त्र र संविधानको रक्षा पहिलो प्राथमिकता भएको बताउनुभएको छ । 

धनगढीमा नेपाली काँग्रेसको प्रदेश सम्मेलनलाई सम्बोधन गर्नुहुँदै गृहमन्त्री लेखकले संविधानको रक्षा, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीको सुदृढता, समावेशी चरित्रको राज्य व्यवस्था निर्माण अहिलेको आवश्यकता भएको बताउनुभयो ।

गृहमन्त्री लेखकले नेपाली जनताको आन्दोलनबाट फालिएको राजतन्त्र लोकतन्त्र, गणतन्त्रको विकल्प हुनै नसक्ने उल्लेख गर्नुहुँदै अहिले काँग्रेस र संविधानका विरुद्ध षडयन्त्र भइरहेको उहाँले बताउनुभयो । उहाँले सात बुँदे समझदारी अनुसार सरकारलाई सन्तुलित र सहज ढङ्गले अघि बढाउनुपर्नेमा जोड दिनुपर्ने बताउनुभयो । 

नेपाली काँग्रेसका केन्द्रीय सदस्य समेत रहनुभएका गृहमन्त्री लेखकले मुलुकको आर्थिक समृद्धिको एजेन्डालाई काँग्रेसले बोक्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button