डेढ करोडको लगानीमा गमगढीमा गुम्बा निर्माण हुँदै
गमगढी । मुगु जिल्लाको प्रमुख केन्द्र गमगढीमा डेढ करोड रुपैयाँको लागतमा नयाँ गुम्बा निर्माण हुने भएको छ। नगरप्रमुख विष्णुकुमार भामको विशेष पहलमा यो आयोजना अघि बढाइएको हो।
यो गुम्बा निर्माणले गमगढीलाई धार्मिक तथा सांस्कृतिक रूपमा अझ समृद्ध बनाउने विश्वास गरिएको छ। बौद्ध धर्मावलम्बीहरूका लागि यो गुम्बा पूजापाठ तथा ध्यानको महत्वपूर्ण स्थल बन्नेछ। गुम्बा निर्माण कार्यलाई समयमै सम्पन्न गर्न नगरपालिकाले बजेट व्यवस्थापनदेखि निर्माण सामग्रीको उपलब्धता सुनिश्चित गरेको छ।
नगरप्रमुख भामले भन्नुभयो, “यो गुम्बाले गमगढीको धार्मिक महत्वलाई अझ उचाइमा पुर्याउनेछ। यसले पर्यटन प्रवर्द्धनमा पनि ठूलो योगदान पुर्याउने आशा गरिएको छ।”
स्थानीय बौद्ध धर्मावलम्बीहरूले गुम्बा निर्माण कार्यप्रति खुसी व्यक्त गरेका छन्। यो गुम्बा हामी सबैका लागि आस्थाको केन्द्र बन्नेछ। यहाँ पूजापाठ र ध्यान गर्न सहज हुनेछ, एक स्थानीय ठिल्ले लामाले बताउनुभयो ।
डेढ करोडको लागतमा निर्माणाधीन यो गुम्बाको उद्घाटन आगामी वर्षभित्र गर्ने योजना छ। गुम्बा परिसरमा ध्यान कक्ष, र विभिन्न सजी सजावट हुने भएकोले पर्यटकहरूको लागि आकर्षणको केन्द्र बन्न सक्ने बताइएको छ।
धार्मिक र सांस्कृतिक महत्वका साथै यस गुम्बाले गमगढीको पर्यटन विकासमा नयाँ सम्भावनाको ढोका खोल्ने विश्वास गरिएको छ।
प्रतिक्रिया राख्नुहोस्