वर्षासँगै आएको पहिरोले ताप्लेजुङमा तिन घर सहित एक जलविद्युत आयोजनमा क्षति
ताप्लेजुङ। गएराति वर्षासँगै आएको पहिरोले ताप्लेजुङका विभिन्न स्थानमा तीनवटा घरमा क्षति पुर्याउनुका साथै एक जलविद्युत आयोजना बाढीले बगाएको छ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार फक्ताङलुङ गाउँपालिका वडा—१ साँवादिनको तिम्रङमा पहिरोले दुर्गा लिम्बु,गणेश कटुवाल र सोमबहादुर लिम्बुको घरमा क्षति पुर्याएको हो । पहिरोले नरेन्द्र लिम्बुको घर पूर्णरुपमा क्षति भएको छ भने दुई घर आंशिक रुपमा क्षति पुगेको प्रहरीको जनाएको छ।
यता जिल्लाको मिक्वाखोला गाउँपालिकामा मध्यमेवा जलविद्युत आयोजना बाढीले बगाएको प्रहरीको भनाई छ । अविरल वर्षाका कारण जलविद्युत आयोजनाको बाँध (ड्याम) फुट्दा बाढीले आयोजनामा ठुलो क्षति पुर्याएको प्रहरीको भनाइ छ। पहिरो र बाढीबाट भएको भौतिक क्षतिको पूर्ण विवरण संकलन गर्ने कार्य भइरहेको छ।
गएरातिको पहिरोका कारण अवरुद्ध बनेको मिरिङदेन गाउँपालिकाको थुकिमा र नाल्बु जोड्ने सडकखण्ड भने दिउँसोदेखि पुनः सञ्चालनमा आएको छ। जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार अवरोध हटाइएपछि सो सडकमा यातायात सूचारु भएको हो।








प्रतिक्रिया राख्नुहोस्