तपाईँ सुन्दै हुनुहुन्छः

‘काँक्रेविहार राष्ट्रिय हाफ म्याराथन’को उपाधि जुम्लाका रोकायलाई

सुर्खेत। काँक्रेविहार राष्ट्रिय हाफ म्याराथनको उपाधि जुम्लाका राजन हात पार्नुभएको छ ।

विश्व ‘ओलम्पिक डे’ को अवसरमा आज सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गरिएको २१ किलोमिटर हाफ म्याराथनमा उहाँले एक घण्टा नौ मिनेट ३१ सेकेण्डमा दौड पूरा गर्नुभएकाे हाे । राजनले एक लाख ५० हजार नगदसहित प्रमाणपत्र प्राप्त गर्नुभयाे ।

‘दौडिन्छ कर्णाली’ नारासहित कर्णाली प्रदेश खेलकुद विकास परिषद् र एक्सट्रीम इनर्जी ड्रिङ्कको आर्थिक सहयोगमा मिड वेस्टर्न फिटनेस सेन्टर सुर्खेतद्वारा आयोजना गरिएको तेस्रो संस्करणको हाफ म्याराथनमा एक घण्टा नौ मिनेट ३९ सेकेण्डमा दौड पुरा गरी कालिकोटका विनोद रोकाय दोस्रो हुनुभएकाे छ । उहाँले नगद ७५ हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गर्नुभयाे ।

तेस्रो हुनुभएका एफपीएफका गोपीचन्द्र पार्कीले एक घण्टा दश मिनेट २८ सेकेण्डमा दौड पुरा गर्नुभयाे । उहाँले नगद ५० हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गर्नुभयाे ।

यस्तै महिला तर्फको खुला १० किलोमिटर दौडको उपाधि धादिङकी सन्तोषी श्रेष्ठले प्राप्त गर्नुभयाे । उहाँले निर्धारित दुरी ३६ मिनेट ४० दशमलव ६० सेकेण्डमा पार गर्दै उपाधि हात पार्नुभएको हाे। उपाधिसँगै श्रेष्ठले नगद ५० हजार रुपैयाँसँगै प्रमाणपत्र प्राप्त गर्नुभयाे। दोस्रो भएकी जुम्लाकी पूर्णलक्ष्मी न्यौपानेले ३७ मिनेट ०३ दशमलव ११ सेकेन्ड र तेस्रो भएकी बाजुराकी सिर्जना पाण्डेले ३९ मिनेट २८ दशमलव ८८ सेकेन्डमा निर्धारित दुरी पार गर्नुभयाे । दोस्रो भएकी न्यौपानेले नगद २५ हजारसँगै प्रमाणपत्र प्राप्त गर्नुभयाे भने तेस्रो भएकी पाण्डेले १५ हजार नगदसहित प्रमाणपत्र पाउनुभयाे ।

त्यस्तै ५ किलोमिटर छात्रातर्फको दौड सुर्खेतकी कृष्णा रानाले २० मिनेट ३४ दशमलव ०२ सेकेण्डमा निर्धारित दुरी पार गरी उपाधि हात पार्नुभयाे । रानाले उपाधिसँगै नगद १० हजार र प्रमाणपत्र प्राप्त गर्नुभयाे । त्यस्तै दोस्रो हुनुभएकी जुम्लाकी अन्तिमा बुढाले २० मिनेट ४५ दशमलव ५४ सेकेण्डमा निर्धारित दुरी पार गर्नुभयाे भने तेस्रो भएकी बाँकेकी स्वस्तिका शाहीले २१ मिनेट २३ दशमलव २५ सेकेण्डमा दौड पुरा गरिन् । उनीहरूले क्रमशः पाँच हजार र तीन हजार रुपैयाँ नगदसहित प्रमाण पत्र प्राप्त गर्नुभयाे ।

यस्तै ५ किलोमिटर छात्रतर्फको उपाधि कालिकोटका अनिल शाहीले प्राप्त गर्नुभयाे । उहाँले १५ मिनेट ३६ दशमलव १ सेकेण्डमा दौड पुरा गर्नुभयाे । शाहीले १५ हजार नगदसहित प्रमाणपत्र प्राप्त गर्नुभयाे । त्यस्तै १५ मिनेट ३६ दशमलव ३ सेकेण्डमा निर्धारित दुरी पार गर्दै जुम्लाका युवकराज बुढा दोस्रो भए भने सुर्खेतका भुवन चालिसेले उक्त दुरी १६ मिनेट ४३ दशमलव ३ सेकेण्डमा पुरा गरी तेस्रो भए । उहाँहरूले क्रमशः पाँच हजार र तीन हजार नगदसहित प्रमाणपत्र प्राप्त गर्नुभयाे । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button