मुगुको उच्च भेगमा हिमपात र बेसीमा वर्षा, स्थानीय जनजीवन प्रभावित
मुगु । मुगुका उच्च हिमाली बस्तीहरू रारा, चुचेमारा, चंखेली, नधारी, तलिलेक, तुम, ताल्चा, पिना, टोप्ला, पोराङ, घुच्ची लगायतका करान क्षेत्रका उच्च हिमाली क्षेत्रहरूमा हाल हिमपात भइरहेको छ। साथै, तल्लो क्षेत्रका बेसीहरूमा निरन्तर वर्षा भइरहेको जनाइएको छ।
हिमपातका कारण उच्च हिमाली क्षेत्रका स्थानीयको जनजीवन प्रभावित भएको छ । गोठालाहरूका लागि पशुचौपाया हेर्न समस्या भएको छ भने सडक आवतजावतमा कठिनाइ उत्पन्न भएको छ।
वर्षाका कारण तल्लो भेगका बस्तीहरूमा चिसो बढेको र कृषिजन्य गतिविधिमा असर परेको किसानहरूले बताएका छन् ।
प्रतिक्रिया राख्नुहोस्