तपाईँ सुन्दै हुनुहुन्छः

महोत्तरीको गाैशाला विद्युत् वितरण केन्द्रद्वार ४सय १० विपन्न परिवारलाई नि:शुल्क मिटर वितरण

महोत्तरी । महोत्तरीको गौशाला विद्युत् वितरण प्राधिकरणले एक कार्यक्रम आयोजना गरि विद्युत् चुहावट नियन्त्रण सम्बन्धि अन्तरक्रिया कार्यक्रममै विपन्न परिवारलाई नि:शुल्क मिटर वितरण गरिएको छ। गौशाला विद्युत् वितरण प्राधिकरण अन्तर्गत गौशाला नगरपालिका , भंगहा नगरपालिका ,सोनमा गाउँपालिका र सम्सी गाउँपालिका रहेकोमा ४ सय १० घर परिवारलाई निःशुल्क विद्युत् मिटर नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको हातबाट वितरण गरिएको हो  ।

नेपालभरिमै सय प्रतिशत विद्युत् घर घरमा पुर्‍याउने उद्देश्यले गौशाला विद्युत् वितरण प्राधिकरण केन्द्रबाट विपन्न घर परिवारलाई विद्युत् मिटर वितरण गरिएको गौशाला वितरण केन्द्रका प्रमुख प्रविन कुमार मिश्र बताउनुभयो ।

कार्यक्रममा निर्देशक घिसिङले मन्तव्यको क्रममा भन्नुभयो , ‘पहिला लोडसेडिङ हटाए , त्यसपछि विद्युत् चुहावट न्यूनीकरण गरे र विद्युत् चुहावट नहोस् भन्ने उद्देश्यका साथ विपन्न परिवारलाई नि:शुल्क विद्युत्  मिटर वितरण गरेको छु ।अहिले सम्म नेपालमा ९६ प्रतिशत जनताले विद्युत् प्राप्त गरिसकेको  छन् ।  अब आउने आर्थिक वर्षमा सत प्रतिशत जनताले विद्युत् पाउने योजना रहेको र यदि कुनै जनताले विद्युत् प्राप्त नगरेको भए नजिकको  विद्युत् कार्यालयमा तुरुन्त सम्पर्क गर्न पनि उहाँले आग्रह गर्नुभयो ।

यसमा स्थानीय र प्रदेश सरकारको पनि दायित्व रहेको उहाँको भनाइ रहेको थियो  । बिचौलियासँग सावधान रहन समेत जनतालाई आग्रह गर्नुभएको छ । हाल मधेश प्रदेशमा न्यूनतम शुल्क मात्र तिर्ने ग्राहकको सङ्ख्या दुई लाख रहेको समेत निर्देशक घिसिङले बताउनुभयो ।

त्यसतै कार्यक्रममा गौशाला वितरण केन्द्रका प्रमुख प्रविन कुमार मिश्र , नेपाल विधुत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ , नेपाल विधुत प्राधिकरणका मधेश प्रदेश प्रादेशिक कार्यालय प्रमुख मुनिन्द्र ठाकुर ,गौशाला नगरपालिकाका नगरप्रमुख डा. दिपेन्द्र महतो ,भंगहा नगरपालिकाका नगरप्रमुख सञ्जीव साह ,औरही नगरपालिकाका नगरप्रमुख प्रदिप खड्का , इलाका प्रहरी कार्यालय गौशालाका प्रमुख मनोज यादव लगायत विद्युत् प्राधिकरण गौशाला वितरण केन्द्रका सम्पूर्ण कर्मचारीलगायत आम जनमानसको  उपस्थिति रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button