करेन्ट लागेर कैलालीमा एक जनाको मृत्यु

अत्तरिया कैलाली । आफ्नै घरमा मोटर जोडेर नुहाउने क्रममा कैलालीमा एक जनालाई करेन्ट लागेर मृत्यु भएको छ ।
कैलालीको गोदावरी नगरपालिका ५ का २७ वर्षीय दिल बहादुर रोकायको करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतिक विष्टले जानकारी दिनुभयो ।
आफ्नै घरमा मोटर जोडेर नुहाउने क्रममा उहाँलाई करेन्ट लागेको र घटनास्थलमै मृत्यु भएको विष्टले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्