तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्री शाहसँग कांग्रेस नेताहरूको भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहसँग प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेताहरूले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भेटवार्ता गर्नुभएको छ । 

संयुक्त राष्ट्रसङ्घको महासभामा सम्बोधन गर्न जानुअघि आवश्यक छलफलका लागि सम्माननीय प्रधानमन्त्रीज्यूले प्रमुख प्रतिपक्षी दलका प्रतिनिधिलाई बोलाउनुभएको थियो। छलफलमा कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेसँगै विश्वप्रकाश शर्मा पनि उपस्थित हुनुहुन्थ्यो।

प्रधानमन्त्री शाह संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन भोलि अपराह्न संयुक्त राज्य अमेरिकातर्फ प्रस्थान गर्नुहुनेछ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button