तपाईँ सुन्दै हुनुहुन्छः

मलमा कालोवजारीको आरोपमा डिपो संचालक पक्राउ


रामेछाप– बजारमा रासायनिक मलको चरम अभाव भईरहेको बेला सरकारबाट रासायनिक मलको आपुर्ति गर्र्न जिम्मेवारी पाएको डिपो संचालकलाई कालो बजारी गरेको आरोपमा रामेछाप प्रहरीले पक्राउ गरेको छ । केहि वर्ष अघि देखि कृषक जागरण कृषि सहकारी संस्थाका नाममा अनुमति लिएर मन्थली बजारमा युरिया र डिएपी मल बिक्रि बितरण गर्ने कृषक जागरण कृषि सहकारी संस्थाका प्रोप्राइटर पदम लामालाई मलमा कालोवजारी गरेको आरोपमा प्रहरीले मंगलवार पक्राउ गरेको हो ।

डिपो प्रमुख लामाले युरिया मल हो भन्दै एमोनिया सल्फेट मल बिक्रि बितरण गरेको, साल्ट ट्रेनिङ बाट ८ सयमा ल्याएको मल १ हजार ८ सय मुल्य लिई बिक्रिबितरण गरेको तथा उपभोक्तालाई दिएको बिल पुन आफैले लिएर मल विक्रीमा कालोवजारी गरेको अभियोगमा पक्राउ गरिएको जिल्ला प्रशासन कार्यालय रामेछापले जनाएको छ ।

कृषि सामाग्री कम्पनीको आधिकारीक बिक्रेता समेत रहेको उक्त सहकारी संस्थाले मंगलवार बिहान करिब एक सय ६० बोरा युरिया मल वितरण गरेको र सोही क्रममा उनलाई प्रहरीले मल विक्रि डिपो बाटै पक्राउ गरेका थियो । प्रहरी समेतको उपस्थितिमा निजले मलमा कालो बजारी गरेको सूचनाका आधारमा प्रशासनले उनको पसल सिल गरी उनलाई अनुसन्धानका लागि हिरासतमा लिएको जिल्ला प्रशासन कार्यालयका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद भट्टराइले बताउनुभयो । लामो समय देखि मल नपाएर आक्रान्त बनेका कृषकहरुलाई स्थानिय प्रशासन संग समेत कुनै समन्वय नगरि मंगलवार बिहान सो सहकारी संस्थाले मनपरि हिसाबले मल विक्रि गरेपछि आफुु जस्ता धेरै कृषक मारमा परेको स्थानिय कृषक सुवाष थापाले बताउनु भयो ।

सरकारले मलको उचित व्यवस्था गर्न नसक्दा मकैको सिजन देखिनै मलको प्रयोग गर्न बाट वंचित रहेका कृषकहरुले धानको सिजन शुरु हुन लागि सक्दा पनि रासायनिक मल पाउने लक्षण नदेखिनु आफुहरुका लागि दुखद कुरो भएको गुनासो कृषक हरुले गरेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button